पोखरा, १३ पुष २०८०/
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना को संरक्षित क्षेत्र (एक्याप)बाट अबैध रुपमा निर्माण सामाग्री ओसारपसार गरेको भन्दै प्रहरीले एक जना चालकलाई ट्रिपरसहित पक्राउ गरेको छ। पोखरा महानगरपालिका र माछापुछ्रे गाउपालिकको सिमा क्षेत्र पोखरा १९ ढाबामा एक्यापक्षेत्रबाट अबैध रुपमा निर्माण सामाग्री बोकेर आएको ग १ क ५१५५ नं. को टिपर र उक्त टिपरका चालक मकवानपुरको थाह नगरपालिका ७ घर भई हाल पोखरा २५ हेम्जा बस्ने बर्ष २३ को नवराज गोले लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
प्रहरीले उक्त ट्रिपर र चालकलाई आबश्यक कारबाहीका लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाएको प्राप्त जानकारीमा उल्लेख छ ।