बाजुरामा गएराति जिप दुर्घटना : जिपदह्नीको घटनास्थलमै मृत्यु, टिकट काउन्टर प्रमुख घाइते

बाजुरामा गएराति जिप दुर्घटना : जिपदह्नीको घटनास्थलमै मृत्यु, टिकट काउन्टर प्रमुख घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १३ पुष २०८०
  • 5.1K
    Shares

जिप दुर्घटना

पोखरा, १३ पुष २०८०/

बाजुरामा गएराति जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप एक जना घाइते भएका छन्। घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से. १ ज ९८९ नंम्बरको जिप जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति दुर्घटनाग्रस्त हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर खप्तड छेडेदह गाउँपालिका–६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। सोही दुर्घटनामा परेर य मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन् ।

उक्त जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार