प्रहरी जवान बिष्ट १० हजार रुपियाँ धरौटीमा छुटे

प्रहरी जवान बिष्ट १० हजार रुपियाँ धरौटीमा छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ६ पुष २०८०
  • 10.9K
    Shares

प्रहरी जवान दमनबहादुर विष्ट, daman bahadur bisht

पोखरा ६ पुष २०८० /

आर्थिक लेनदेन भएकी महिलालाई अभद्र व्यवहार गरेको आरोपम पक्राउ परेका प्रहरी जवान दमनबहादुर बिष्ट धरौटीमा छुटेका छन्। बैतडी घर भै हाल डोटीम कार्यरत प्रहरी जवान बिष्ट जिल्ला प्रशासन कार्यालय कैलालीले तोकेको १० हजार रुपियाँ धरौटी राखेर तारेखमा छुटेका हुन्।

धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा आफूलाई दुर्ब्यबहार गरेको भन्दै पिडित महिलाले उजुरी दिए पछी प्रहरीले बिष्टलाई पक्राउ गरेको थियो। उनलाई केही दिन अगाडि सार्वजनिक मुद्दा अन्तरगत अभद्र व्यवहारमा थुनामा राखिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार