पोखरा ६ पुष २०८० /
आफ्नै गाउँको खानेपानी कार्यालयमा चोरी गरेको आरोपमा प्रहरीले पोखरको हेम्जाबाट एक युवालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं.२५ हेम्जास्थित नेवारेखोला तथा झाँक्री स्थान खानेपानी उपभोक्ता समितिको कार्यालयबाट स्थानिय उपभोक्ताहरुलाई वितरण गर्नको लागि स्टोर गरी राखिएको
खानेपानीको धाराको टुटिलगायातका सामाग्रीहरु चोरी गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय सुरज थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।
अभियुक्त मगरले गएको पुष १ गते राती उक्त कार्यलयबाट धाराको टुटीहरु थान ६०, रेगुलेटर भल्भ थान १८ चोरी गरेको आरोप प्रहरीले लगाएको छ। तर प्रहरीले अभियुक्त मगरले बोकेको झोलाबाट धाराको टुटी थान २८, रेगुलेटर भल्भ थान ३ र एक थान टिकाको थाली बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
पक्राउ परेका अभियुक्त मगरबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।