केटी मिलाई दिने प्रलोभन देखाएर पर्यटकलाई लुटपाट गर्ने दुई युवतीसहित पांच जना पोखरा बसपार्कबाट पक्राउ

केटी मिलाई दिने प्रलोभन देखाएर पर्यटकलाई लुटपाट गर्ने दुई युवतीसहित पांच जना पोखरा बसपार्कबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ पुष २०८०
  • 12.9K
    Shares

पर्यटकलाई लुटपाटमा सम्लग्न आरोपमा पोखरा बसपार्कबाट पक्राउ परेका युवायुवती

पोखरा, ५ पुष २०८०/

पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभन देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले दुई युवतीसहित पांच जनालाइ पक्राउ गरेको छ।

पोखराको पृथ्वीचोकस्थित बसपार्कमा आन्तरिक एवं बाह्य पर्यटकलाइ केटी मिलाइदिने प्रलोभन देखाएर नगद तथा जिन्सी लुटपाट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २३ बस्ने २५ वर्षीय मौसम परियार, चितवन घर भइ हाल पोखरा ९ बस्ने २० वर्षीय प्रकाश परियार, लमजुङको बेंशीसहर घर भई हाल पोखरा ९ पृथ्वीचोक बस्ने १९ वर्षीय योगेश गुरुङ, पोखरा ९ कै १९ वर्षीया मञ्जु नेपाली र सोही ठाउँकी १९ वर्षीया सम्झना परियार रहेको प्रहरीले जानकारी दिएको छ।

वडा प्रहरी कार्यालय बैदामले अभद्र व्यबहारसम्बन्धी कसूरमा बुधबार ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार