काठमाण्डौमा अमेरिकन डलर साट्ने भन्दै ठगी गर्ने गिरोह सक्रिय : आठ जना पक्राउ

काठमाण्डौमा अमेरिकन डलर साट्ने भन्दै ठगी गर्ने गिरोह सक्रिय : आठ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ पुष २०८०
  • 8.4K
    Shares

काठमाण्डौ, ३ पुष २०८० /

काठमाण्डौका विभिन्न स्थानहरुमा अमेरिकन डलर साट्ने भन्दै ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। अमेरिकन डलर देखाएर साट्ने भन्दै बिभिन्न प्रलोभन देखाएर ठगी गर्ने गिरोहका आठ जनालाई प्रहरीले काठमाण्डौका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो।

पक्राउ परेका आठ जनामध्ये पाँच जना सिन्धुपाल्चोक जिल्लाका रहेका छन्। सिन्धुपाल्चोकको.वाह्रबिसे ३ लामाटोल घर भएका राम बहादुर लामा, देवराज तामाङ, मन्जु भन्ने कृष्ण कुमारी तामाङ, रिसंगु गाउपालिका ७ ठुलोपाखाका सुब्बा तामाङ र रेल बहादुर तामाङलाई प्रहरीले अमेरिकन डलर साट्ने भन्दै ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो। त्यस्तै,सोही गिरोहमा संलग्न धादिङको नेत्रावती गाउपालिका ३ सेमजोङ घर भएका खड्क बहादुर तामाङ, मोरङको लेटाङ नगरपालिका २ घर भएका अशोक लिम्बु र काठमाण्डौको तारकेश्वर नगरपालिका ३ देवीस्थान बस्ने चन्द्र बहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जानकारी दिएको छ ।

उनीहरुको साथबाट १६ थान ५० दरका सक्कली अमेरिकन डलर, राहदानी दुई थान, तिलहरी एक थान र बा. ३८ प ६१३२ को एउटा pleasure स्कुटर पनि बरामद गरिएको प्रहरीले दाबी गरिएको छ।

सो गिरोहलाई जिल्ला प्रहरी परिसर, काठमाण्डौ र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिभिन्न मितिमा पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार