परिक्षाको प्रश्नपत्र दिने भन्दै छात्राको संबेदनसिल अङ्ग छुने शिक्षक रामेछापबाट पक्राउ

परिक्षाको प्रश्नपत्र दिने भन्दै छात्राको संबेदनसिल अङ्ग छुने शिक्षक रामेछापबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ पुष २०८०
  • 6.1K
    Shares

शिक्षकबाट यौन दुर्ब्यबहार, sexual harresment by teacher

पोखरा, ३ पुष २०८० /

परिक्षाको प्रश्नपत्र दिने भन्दै छात्राको संबेदनसिल अङ्ग छुने एक शिक्षक रामेछापबाट पक्राउ परेका छन्। रामेछापको लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की छात्राको संबेदनसिल अङ्ग छोएको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार बिद्यालयको आइटी शिक्षक रहेका सार्कीले गत मङ्सिर २७ गते दिउँसो सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई विद्यालय बाहिरको एउटा घरमा बोलाएर यौन दुर्ब्यबहार गरेका थिए। पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुव्र्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार