पोखरा, ३ पुष २०८० /
दैनिक जसो खेलकुदका गतिविधिहरु संचालन भैरहने पोखरा रङ्गशाला अगाडी संचालित एक होटलकी संचालिका लागू औषध गाँजासहित पक्राउ परेकी छिन्। पोखरा रङ्गशालाको गेट अगाडी संचालित खाजा घरकी संचालिका ४९ वर्षीया देवीमाया गुरुङ अबैध लागू औषध गाँजासहित पक्राउ परेकी हुन्।
वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । खाजा घरमा लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध गाँजा एक किलो दुईसय ८० ग्राम सहित देवीमायालाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
अभियुक्तबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।