पोखराको तुलसीघाटस्थित सेती नदीमा माछा मार्न गएका युवाको ढुंगाले लागेर मृत्यु

पोखराको तुलसीघाटस्थित सेती नदीमा माछा मार्न गएका युवाको ढुंगाले लागेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ मंसिर २०८०
  • 22.3K
    Shares

पोखराको तुल्सिघाटमा सेती नदी

पोखरा, २९ मङसीर २०८०/

पोखराको तुलसीघाटस्थित सेती नदीमा माछा मार्न गएका पोखराका एक युवाको ढुंगाले लागेर मृत्यु भएको छ। पोखरा महानगरपालिका –९ निवासी २५ वर्षीय सुनिल श्रेष्ठलाई माछा मार्ने क्रममा सेती किनारको भीरमाथिबाट खसेको ढुंगाले लागेको प्रहरीको भनाइ छ ।

दिउँसो सवा ४ बजेतिर माथिबाट खसेको ढुंगाले लागेर घाइते भएका श्रेष्ठलाई तत्काल उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा साँझ साढे ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार