सेती नदीमा सडेगलेको अवस्थामा भेटिएको शबको पहिचान खुल्यो

सेती नदीमा सडेगलेको अवस्थामा भेटिएको शबको पहिचान खुल्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ मंसिर २०८०
  • 59.9K
    Shares

रामघाटमा भेटिएको बेवारिशे शब

पोखरा, २९ मङसीर २०८०/

पोखराको रामघाटस्थित सेती नदीमा वेवारिसे अवस्थामा भेटिएका युवाको पहिचान खुलेको छ। लामाचौर निवासी संगम मिश्रको खोजीका लागि भन्दै सेती नदीको बाँध खोलेर गरिएको खोजीका क्रममा बिहिबार दिउसो साढे तीन बजेतिर सडेगलेको अवस्थामा रामघाटस्थित सेती नदीको बिचमा रहेको ढुङ्गामा युवाको शब् फेला परेको थियो। उक्त शब पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुर निवासी ३८ वर्षीय उमेश गुरुङको भएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, शब सडेगलेको अवस्थामा भए पनि बायाँ पाखुरामा ‘My Life” लेखि महिलाको तस्वीरसहितको ट्याटु र नाडीमा लिजा लेखिएको ट्याटुको चिन्ह प्रष्ट देखेइको थियो। त्यति बेला शबको पहिचान नखुले पछि प्रहरीले सार्वजनिक सुचना जारी गरेर सनाखतका लागि आव्हान गरेको थियो। .

सनाखतका लागि शबको फोटोसहित सार्वजनिक सुचना जारी गरे पछि आज उनका माइला दाजु दिनेश गुरुङले उक्त शब् आफ्नो भाइको भएको भन्दै सनाखत गरिदिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी श्रवण कुमार बिकले जानकारी दिए।

उमेश गुरुङ गएको मंसीर १७ गतेदेखि हराएको भन्दै आफन्तले प्रहरीलाई जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार