मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु

मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ मंसिर २०८०
  • 2.9K
    Shares

पोखरा, २९ मङसीर २०८०/

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रही तराईका केही भूभागमा हुस्सु लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार