झापामा हात्ती मृत भेटियो

झापामा हात्ती मृत भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ मंसिर २०८०
  • 2.6K
    Shares

मृत हात्ती , dead elephant

पोखरा २८ मङसीर २०८० /

झापामा जंगली हात्ती मृत भेटिएको छ। बाह्रदशी गाउँपालिका–१ खयरबारी क्षेत्रमा हात्ती मृत भेटिएको जिल्ला वन कार्यालय झापाले जनाएको छ।

स्थानीयको सखरखण्ड खाएर क्षति पुर्‍याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ। प्रहरी र डिभिजन वन कार्यालयको टोली हात्तीको मुचुल्काका लागि घटनास्थल पुगेको छ।

यो वर्ष झापामा तीन वटा हात्तीको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी–३ का वन हेरालु ४० वर्षीय धनबहादुर वनको मृत्यु भएको थियो। उनको मृत्युसँगै झापामा हात्ती आक्रमणबाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार