पोखरा २४ मङसीर २०८० /
पोखरामा आज दिउसो कारले स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ भने अर्की एक जना गम्भीर घाइते भएकी छिन। पोखराबाट तालचोकतर्फबाट जाँदै गरेको BAA-00-41 नम्बरको फोर्ड कारले दिउसो सवा चार बजेको समयमा पोखरातर्फ आउंदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई पोखरा २६ सुन्दरीबजारस्थित पृथ्वी राजमार्गमा ठक्कर दिएको हो।
उक्त दुर्घटनामा परेर स्कुटरमा सवार पोखरा २५ हेम्जाकी २३ वर्षीया अनिशा खड्काको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। सोही दुर्घटनामा परेर घाइते भएकी पोखरा ५ जिरो किमि बस्ने २४ वर्षीया भावना बरालको चारक अस्पतालमा उपचार भैरहेको प्राप्त जानकारीमा उल्लेख छ। उनको पनि अवस्था जटिल रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक भानु शर्माले जानकारी दिए। उनीहरु दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत् छात्र रहेको समाचार स्रोतहरुले जानकारी दिएका छन्। .
उक्त दुर्घतानापछी कार चालक पोखराको अर्घौं निवासी मानबहादुर बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।