पोखरा, २२ मङसीर २०८० ।
तनहुँबाट एक सातादेखि दुई वर्षको छोरीसहित एक युवती बेपत्ता भएकी छिन। तनहुँको बन्दिपुर गाउँपालिका– ३ राम कोटकी १९ वर्षीया विष्णु आले दुई वर्षको छोरीसहित एक सातादेखि बेपत्ता भएकी हुन् ।
बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा होटेलमा भाडा माझ्ने काम गर्दै आएकी ती महिला मङ्सिर १५ गते काममा जान्छु भनेर घरबाट हिडेको र त्यसपछि सम्पर्कबिहिन भएको श्रीमान् इन्द्रबहादुर आलेले जानकारी दिए ।
उनी सोही दिन दिउँसोको १ बजे बन्दीपुर– १, नाहालाबाट बस चढेको र आफन्तजनहरूसँग सम्पर्क गर्दा पनि फेला पार्न नसिकिएको आलेले बताए।
डुम्रे स्थित प्रहरी चौकी र दमौली स्थित जिल्ला प्रहरी कार्यालय तनहुँमा दमौलीमा पनि निवेदन दिई सकिएको तर फेला नपरेको उनले बताए।