झन्डै तीन किलो गाँजासहित पोखराबाट चार जना युवा पक्राउ

झन्डै तीन किलो गाँजासहित पोखराबाट चार जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० मंसिर २०८०
  • 60.8K
    Shares

झन्डै तीन किलो गाँजासहित पोखराबाट पक्राउ परेका अभियुक्तहरु

पोखराबाट अबैध लागू औषध झन्डै तीन किलो गाँजासहित चार जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय रामबजारबाट खटिई गएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं.१४ नयाँपुलबाट धादिङ घर भइ हाल पोखराको पृथ्वीचोक बस्ने वर्ष १९ को आशिष थापा मगर र सोही ठाउँका २० वर्षीय पुर्ण तामाङलाई अबैध लागू औषध गाँजा डेढ किलोसहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय रामबजारबाट संयुक्त रुपमा खटिई गएको प्रहरी टोलीले पोखरा ४ कोइरालामार्गबाट सर्लाही घर भएका वर्ष ३५ को बिरु परियार र पर्वतको जलजला गाउपालिका वडा नं.०९ बनौ बस्ने वर्ष २६ को बिनोद पुनलाई अबैध लागू औषध गाँजा एक किलो चारसय ८० ग्रामसहित पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

पक्राउ परेका चारै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १५ दिन म्याद थापा गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

।

प्रतिक्रिया
सम्बन्धित समाचार