म्याग्दीमा बोलेरो जिप दुर्घटना : चालकसहित पांच जना घाइते

म्याग्दीमा बोलेरो जिप दुर्घटना : चालकसहित पांच जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ मंसिर २०८०
  • 9.8K
    Shares

म्याग्दीमा भएको बोलेरो जिप दुर्घटना

म्याग्दीमा आज भएको जिप दुर्घटनामा पांच जना घाइते भएका छन्। म्याग्दीको मंगला गाउँपालिका–३,बरंजाबाट सदरमुकाम बेनी तर्फ आउँदै गरेको ग १ ज ८०४२ नम्बरको जिप सोमबार दिउसो सवा १२ बजे बेनी नगरपालिका– ६,स्थित डम्मरामा दुर्घटनाग्रत हुँदा चालकसहित पांच जना घाइते भएका हुन्।

दुर्घटना परि घाईते हुनेहरुमा मंगला ३ बरंजा निवासी जीपका चालक समेत रहेका जीप धनि कर्ण बहादुर रोका, मंगला ३ का २४ वर्षिय इन्द्र तुलाचन, बेनी नगरपालिका ७ का प्रकाश बानियाँ, मंगला ३ का शेर बहादुर दमाई र मंगला ४ की मन कुमारी रोका रहेका छन । घाईतेहरुको हात, खुट्टा, टाउको, छाती लगायतका अंगमा चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कुमार गुरुङले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक अशोक कुमार झाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीयबासीहरुले घाइेतको उद्धार गरेका थिए । घाईतेहरुलाई उपचारका लागि बेनी अस्पताल ल्याईएको र अवस्था खतरामुक्त रहेको बेनी अस्पतालको मेडिकल अधिकृत डा. गोविन्द पोखरेलले जानकारी दिए ।

बेनी दरवाङ सडकबाट खसेको जीप पाखामा अड्किएको अवस्थामा रहेको छ । पानी पर्दा पिच सडक चिप्लो भएको र घुम्ती मोड्ने क्रममा स्ट्रिङ फेल भई अनियन्त्रित भएर जीप खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार