बेलायतमा ट्रकको ठक्करबाट मेजर गणेश राईको निधन

बेलायतमा ट्रकको ठक्करबाट मेजर गणेश राईको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ मंसिर २०८०
  • 4.9K
    Shares

बेलायती सेनाका मेजर गणेश राई

बेलायतमा भएको सवारी दुर्घटनामा परी मेजर गणेश राईको निधन भएको छ । बुधबार (नोभेम्बर २९) का दिन दिउँसो करिब सवा १ बजे एमथ्री जक्सन फाइब हुन नजिकै भएको दुर्घटनामा उनको निधन भएको हो ।

राईले हाँकिरहेको बीएमडब्ल्यू र अर्को कार ठोक्किएपछि दुवै कार मूलबाटो छोडेर किनारामा रोकिएको अवस्थामा आफ्नो कारबाट बाहिर निस्केको बेला मालबाहक ट्रकले हानेर राईको मृत्यु भएको बेइजिङस्टक गजेटले जनाएको छ । प्रहरीले घटनाबारेमा सिसिटिभी फुटेज कसैसँग भए उपलब्ध गराउन अपिल गरेको छ ।

पुर्ख्याैली घर भोजपुर भएका आर्मी नम्बर २११६८८६० का ५० वर्षीय राई टुआरजीआरमा कार्यरत थिए । ३२ वर्ष सेवा गरेपछि उनी केही महिनाअघि मात्र सेवाबाट अवकास पाएका थिए । उनी हाल ब्राकनेलमा बस्दै आएका थिए । राईको श्रीमती र दुई छोरी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार