पोखराको लेकसाइड क्षेत्रबाट ‘Bike on Rent’ लेखिएका करीब चार दर्जन बोर्डहरु जफत

पोखराको लेकसाइड क्षेत्रबाट ‘Bike on Rent’ लेखिएका करीब चार दर्जन बोर्डहरु जफत


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ मंसिर २०८०
  • 15.9K
    Shares

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा कानून विपरीत Bike on Rent लेखिएका करीब चार दर्जन बोर्डहरु जफत गरिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम कास्की र पोखरा महानगरपालिकाको संयुक्त टोलीले अनुगमनका क्रममा कानून विपरीत Bike on Rent लेखिएका करीब चार दर्जन बोर्डहरु जफत गरिएका हुन्।

लेकसाईड क्षेत्रको मुख्य सडकखण्ड तथा भित्री सडकखण्डहरुमा कानुन बिपरित Bike on Rent जस्ता बोर्डहरु नै राखी निजी सवारी साधनहरु भाडामा लगाउने ब्यबसाय संचालन गर्दै आईएका अं.४०/४५ वटा पसलहरुमा अनुगमन गरी सोही पसलहरुको बाहिर राखिएका साना ठुला गरी अं. ५०/५५ वटा बोर्डहरु नियन्त्रणमा लिई त्यस सम्बन्धमा कानुनि ज्ञान समेत दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसरी अबैध रुपमा राखिएका भाडाका मोटरसाइकलहरुले बेला-बेलामा बिदेशी पर्यटकहरुलाई ठग्ने गरेको, बढी भाडा असुल गर्ने गरेको गुनासोहरु आउने गरेको छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जानूपर्ने स्थानीय बासिन्दाहरुको माग रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260