बिदेशी महिलालाई लाङटाङ उपत्यका घुमाएर फर्किएका पथप्रदर्शक होटलमा मृत भेटिए

बिदेशी महिलालाई लाङटाङ उपत्यका घुमाएर फर्किएका पथप्रदर्शक होटलमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ मंसिर २०८०
  • 4.7K
    Shares

लामो समयदेखि पथप्रदर्शनकको काम गर्दै आएका एक पथप्रदर्शकको लाङटाङ पदमार्गमा मृत्यु छ। धादिङको धुनीवेशी नगरपालिका-९ घर भएका ५० वर्षीय कुमार पाण्डे शनिबार बिहान ११ बजे रसुवाको गोसाइकुण्ड गाउँपालिका-४ स्थित लामा तिबेतियन होटलको कोठामा मृत भेटिएका हुन्।

स्वीट्जरल्याण्डबाट आएकी अन्दाजी ७०/७५ वर्षीया वृद्ध महिलालाई लाङटाङ उपत्यका घुमाएर शुक्रबार राति उक्त होटलमा सामान्य अवस्थामै बास बसेका पाण्डे उक्त होटलको कोठामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी इन्स्पेक्टर नेत्रप्रसाद पौडेलले जानकारी दिए।

मृतक पाण्डेको शव पोष्टमर्टमका लागि धुन्चेस्थित जिल्ला अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर पौडेलले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार