गोरखाको दरौँदी नदी किनारमा ७४ वर्षीय बृद्ध मृत भेटिएका छन्। बारपाक सुलीकोट ६ मसारका ७४ वर्षीय जगबहादुर बराम दरौँदी नदी किनारमा मृत भेटिएका हुन् ।
बरामको शब शुक्रबार साँझ ६ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए ।