गोरखामा इलेक्ट्रिक कार दुर्घटना : चालक घाईते

गोरखामा इलेक्ट्रिक कार दुर्घटना : चालक घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ मंसिर २०८०
  • 8.8K
    Shares

गोरखामा इलेक्ट्रिक कार दुर्घटना

गोरखा बजारको १६ किलो क्षेत्रमा ईलेक्ट्रिक कार दुर्घटनामा परेको छ । दुर्घटनामा कारका चालक सामान्य घाईते भएका छन् ।

गोरखा बजारदेखी आँबुखैरेती तर्फ जादै गरेको बाग्मती प्रदेश ०१–०२९ च २९७४ नम्बरको ईलेक्ट्रिक कार सोमबार दिउसो दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठका अनुसार उक्त कार सोमबार दिउसो गोरखा नगरपालिका–११ को १६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । दिउसो ३ः३० बजे भएको उक्त दुर्घटनामा कार चालक सिरानचोक गाउँपालिका–३ हर्मीका प्रविण पोख्रेल सामान्य घाईते भएका थिए ।

तिब्र गतिका कारण कार दुर्घटनामा परेको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले प्रारम्भीक अनुमान गरेको छ । कार सडकबाट १० मिटर तल खसेको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार