लागू औषध मुद्दामा चार वर्षदेखि फरार रेशम स्याङ्जा जिल्ला कारागार चलान

लागू औषध मुद्दामा चार वर्षदेखि फरार रेशम स्याङ्जा जिल्ला कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ मंसिर २०८०
  • 4K
    Shares

चार वर्ष अघि जिल्ला अदालत स्याङ्जाले लागू औषध मुद्दामा दोषी ठहर गरेका स्याङ्जाका एक युवा जेल चलान भएका छन्।

स्याङ्जा जिल्ला अदालतले २०७६ असार १ गते लागु औषध (ब्राउन सुगर) हिरोइन मुद्दामा दोषी ठहर गरेका गुल्मीको कालिगण्डकी गाउँपालिका २ घर भई हाल स्याङ्जाको फेदीखोला गाउँपालिका २ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगर स्याङ्जा जिल्ला कारागार चलान भएका हुन्।

उनलाई प्रहरीले लुकीछिपी बसिरहेको अवस्थामा स्याङ्जाको फेदिखोलाबाट मङ्गलवार पक्राउ गरेर फैसला कार्यान्बयन गर्नका लागि जिल्ला अदालत स्याङ्जामा पेश गरेको थियो। त्यसपछि अदालतले २०७६ असार १ गते गरेको फैसला अनुसार, ५ वर्ष कैद र दश हजार जरिवाना गराउने क्रममा उनलाई कैद भुक्तानका लागि स्याङ्जा जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार