नरभक्षी बाघलाई समात्न चितवन राष्ट्रिय निकुञ्जभित्र छिरेको प्राबिधिक टोलीले बाघले खाएको अर्को शब फेला पारेको छ। सो प्राबिधिक टोलीले आइतबार फेला परेको उक्त शव चितवनको राप्ती नगरपालिका १ दुविचौरका १८ बर्षिय पुष्पराज तामाङको रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
उनको शव आइतबार मनहरी–६ जोगितालमा कम्मरमाथि बाघले खाएको अवस्थामा भेटिएको थियो । तामाङको शव परिवारले पुष्टि गरेर दाहसंस्कारको लागि लगिसकेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
सुचना अधिकारी तिवारीका अनुसार शुक्रबार दिउँसो दुवीचौरकै ४३ बर्षिय हरि पौडेललाई बाघले मारेको घटना हेर्न तामाङ बगरतिर गएका थिए । सो समयमा बाघले नियन्त्रण गरेको हुनसक्ने उनले बताए । उनका अनुसार पौडेल र तामाङलाई मार्ने बाघ एउटै हो ।
सो नरभक्षी पोथी बाघलाई आइतबार राती नै नियन्त्रणमा लिएर कसरामा राखिएको छ ।