बेपत्ता म्याग्दीको बेनीस्थित मेडिकलमा कार्यरत महिला पर्वतको सामुदायिक वनमा मृत भेटिइन्

बेपत्ता म्याग्दीको बेनीस्थित मेडिकलमा कार्यरत महिला पर्वतको सामुदायिक वनमा मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ मंसिर २०८०
  • 19.9K
    Shares

पर्वतको सामुदायिक वनमा मृत भेटिएकी म्याग्दीकी पुष्पा सापकोटा

म्याग्दीको बेनीस्थित एक मेडिकलमा कार्यरत एक महिला पर्वतको सामुदायिक वनमा मृत भेटिएकी छिन्।

२० दिनदेखि बेपत्ता रहेकी म्याग्दीको बेनीस्थित क्याम्पसचोकमा रहेको नेशनल पाण्डे मेडिकलमा कार्यरत ३० बर्षिया पुष्पा सापकोटा पर्वतको जलजला गाउँपालिका–३,स्थित ठुलो सल्लेरी र भिरमुनी सामुदायिक बनको माटेपानी भिरमा मृत भेटिएकी हुन्।

कात्तिक २१ गते विहान पौने ११ बजे मेडिकलबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएकि सापकोटा आइतबार विहान करिब ९ बजे छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका वडा नं ३ ठुलो सल्लेरी र भिरमुनी सामुदायिक बनमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मेडिकलमा काम गर्दागदैं निस्किएकी पुष्पाको मोवाइल लोकेशनको अनुसन्धान गर्दा क्याम्पसचोकको टावर रेन्जभित्र रहेको देखिएको थियो । घटना र घटनास्थल हेर्दा अहिले नै भन्न सक्ने अवस्था नरहेकाले थप अनुसन्धान आवश्यक रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार जंगलमा बेवारिसे अवस्थामा शब देखिएपछि पुगेको प्रहरीको टोलीले मृतक सापकोटा भएको पहिचान गरेको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार