तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। भिमादबाट बेलचौतारा आउँदै गरेको प्र–०३–०३० प ३८५० नम्बरको मोटरसाइकल म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद–बेलचौतारा भित्री सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका हुन् ।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकलमा सवार शुक्लागण्डकी नगरपालिका–७ बस्ने २७ वर्षीय विनोद गुरुङको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा शनिबार राती ११.४० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोहि दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २९ वर्षीय अनोज गुरुङको हाल लेखनाथ सिटी अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल थाङ्दी खोलामा खसेको प्रहरीले जानकारी दिएको छ।