पोखरामा गएराती मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु, मोटरसाइकल चालक घाइते

पोखरामा गएराती मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु, मोटरसाइकल चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ मंसिर २०८०
  • 11.5K
    Shares

bike accident, मोटरसाइकल दुर्घटना

पोखरामा गएराति मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । पोखरा ५ पर्स्यांङदेखि जिरो किमितर्फ जनदि गरेको ग १९ प ९३३२ नम्बरको मोटरसाइकलले (बिहिबार) राति १०ः३० बजेको समयमा पोखराको मालेपाटनस्थित कालिका फ्युल स्टेशन नजिक ठक्कर दिंदा स्थानीय खोटाङ घर  भएका ५० वर्षीय टंक बहादुर समाल मगरको ज्यान गएको जिल्ला ट्राफिक कार्यलय कास्कीले जनाएको छ ।

हाल पोखराको मालेपाटन  बस्दै आएका टंकबहादुरलाई उक्त मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते बनाएकोमा उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

उक्त दुर्घटनामा घटनामा मोटरसाइकल चालक तनहुँ घर भई पोखरा–शान्तिनगर बस्ने थरबत थापा समेत घाइते भएका छन् । उनको अहिले पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार