स्याङ्जामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

स्याङ्जामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ मंसिर २०८०
  • 2.7K
    Shares

ट्याक्टर दुर्घटना

स्याङ्जाको पुतलीबजार नगरपालिकामा सोमबार ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तोप्सेबाट लामागेका लागि छुटेको ग १ त ४९८७ नं. को ट्याक्टर पुतलीबजार १४ भिरबारीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा ट्याक्टर चालक दाङको दंगीशरण गााउपालिका वडा नं. ४ का २८ वर्षीय रामहरि चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

ट्याक्टर पल्टिए पछि सोही ट्याक्टरले चालक चौधरीलाई च्याप्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घटनाको थप अनुसन्धान कार्य अगाडि बढाएको रानाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार