गोरखामा निर्माणाधिन चम्पावती हाईड्रोपावरको मोटर चोरी गरेको आरोपमा लमजुङका घर्ती पक्राउ

गोरखामा निर्माणाधिन चम्पावती हाईड्रोपावरको मोटर चोरी गरेको आरोपमा लमजुङका घर्ती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ मंसिर २०८०
  • 2.4K
    Shares

गोरखामा निर्माणाधिन चम्पावती हाईड्रोपावरको मोटर चोरी गरेको आरोपमा पक्राउ परेका लमजुङका पृथ बहादुर घर्ती

गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारीमा निर्माणाधिन चम्पावती हाईड्रोपावरको मोटर चोरी गरेको आरोपमा प्रहरीले लमजुङक एक युवालाई पक्राउ गरेको छ।

निर्माणाधीन उक्त हाईड्रोपावरको क्रसरमा जडान गरिएको दुई थान मोटर चोरी गरेको आरोपमा मजुङ जिल्ला दुधपोखरी गाउँपालिका–५ बस्ने ४० बर्षिय पृथबहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्ष एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

घर्तीले असोज २० गते शनिबारका दिन राती १० बजेको समयमा उक्त हाइड्रोपावरबाट चोरी गरेको भनिएका दुई वटै मोटर उनको घर्संगे रहेको धन्सारमा लुकाई राखेको अवस्थामा बरामद गरेको प्प्रहरीले जनाएको छ।

पक्राउ परेका घर्तीलाई चोरी कसूर शिर्षक अन्तरर्गत मुद्वा दर्ता गराई गोरखा अदालतबाट कार्तिक १ गते शुक्रबार अनुसन्धानका लागी म्याद थप राएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ । प्रहरीले घर्तीलाई हिरासतमा राखी अनुसन्धान सुरु गरेको पनि जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार