आफ्नै छिमेकीलाई धारिलो हतियार हँसियाले हानेर घाइते बनाइ भागेका एक युवालाई प्रहरीले कास्कीको लुम्लेबाट पक्राउ गरेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं.६ लुम्ले निवासी श्रीराम देवकोटालाई हसियाँ प्रहार गरी घाइते बनाएको आरोपमा सोही ठाउँका जुमकाजी बिकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, अभियुक्त बिकले गत कार्तिक २७ गते बिहान देवकोटालाई हँसिया प्रहार गरेका थिए । देवकोटालाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा लगिएको छ भने बिकलाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।