दार्चुलाको नौगाड गाउँपालिकाको जिप दुर्घटनाग्रस्त पालिका अध्यक्ष दलजित सिंह धामीसहित दुई जना घाइते भएका छन् । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा बिहिबार दिउँसो दुर्घटनाग्रस्त हुँदा पालिका अध्यक्ष धामीसहित दुई जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।