पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा ३३ वर्षीय युवा पक्राउ

पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा ३३ वर्षीय युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० कार्तिक २०८०
  • 3.7K
    Shares

मोटरसाइकल चोरी गरेको आरोपमा पोखरा १३ पाटनबेसी ढल्केपुल बस्ने वर्ष ३३ का अंकेश सुनार

पोखरामा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर १३ पाटनबेसीस्थित ढल्केपुल बस्ने ३३ वर्षीय अंकेश सुनारलाई प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको हो।

अभियुक्त सुनारले पोखरा १३ पाटनबेसी उज्वलटोल बस्ने वर्ष ३८ को बखत बहादुर विकले घर अगाडि पार्किङ गरि राखेको ग ९ प २७४३ को मोटरसाईकल चोरी गरेको प्रहरीको आरोप छ ।

मोटरसाईकल चोरी भएको खबर पाउनासाथ सिआरभी भद्रकाली कास्कीबाट खटिएको प्रहरी टोलीले सुनारलाई मोटरसाईकल सहित पक्राउ गरेको वडा प्रहरी कार्यालय रामबजार पोखराले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार