जापान उड्ने अन्तिम तयारी गरिरहेका युवा जङ्गलमा मृत भेटिए

जापान उड्ने अन्तिम तयारी गरिरहेका युवा जङ्गलमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ कार्तिक २०८०
  • 3.6K
    Shares

जङ्गलमा मृत भेटिएका मोरङका धिरेन्द्र ढुंगेल

जापान उड्ने अन्तिम तयारी गरिरहेका एक युवा मोरङस्थित एक जङ्गलमा मृत भेटिएका छन् । मोरङको उर्लाबारी –६ सीमाना बस्तीका २३ वर्षीय धिरेन्द्र ढुङ्गेल कानेपोखरी –७ को जङ्गलमा मृत भेटिएका हुन् ।

अस्थायी प्रहरी कार्यालय कानेपोखरीका प्रहरी सहायक निरीक्षक गुणराज पोख्रेलका अनुसार पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चौकबाट केही पूर्व सडक दक्षिणमा ढुङ्गेल मृत भेटिएका हुन् ।

मृत्युको कारण खुलेको छैन । सोमबार दिउँसो घरबाट बजारमा काम छ भनी निस्किएका धिरेन्द्र आगामी बिहीबार अध्ययनका लागि जापान जाने तयारीमा थिए । साँझ घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार