अछाममा छिमेकीको हत्या गरेर भागेकी महिला काठमाडौँमा पक्राउ

अछाममा छिमेकीको हत्या गरेर भागेकी महिला काठमाडौँमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ कार्तिक २०८०
  • 2.8K
    Shares

अछाममा आफ्नै छिमेकीको हत्या गरेर भागेकी एक महिला एक हप्तापछि काठमाडौँमा पक्राउ परेकी छिन्। आफ्नै छिमेकी १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या गरेर भागेकी अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ निवासी ३० वर्षीया लक्ष्मी सुनारलाई प्रहरीले काठमाण्डौमा पक्राउ गरेको हो।

अभियुक्त सुनारले गत कार्तिक १७ गते बिहान ६ः४५ बजे छिमेकी दीपेन्द्रबहादुर शाहीको हत्या गरेर भागेको प्रहरीले जानकारी दिएको छ।

सुनारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डौको माछापोखरीबाट बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । सुनारलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको रेग्मीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार