रातको समयमा शौचालय जान निस्किएकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखाबाट एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। सिरानचोक गाउँपालिका–३ हर्मीको घुरे गाउँका २९ बर्षिय सन्जिब अधिकारीलाई आफनी गाउँकी २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरिक्षक रबिन्द्र अधिकारीले दिएको जानकारी अनुसार, अभियुक्त अधिकारीले स्थानिय २४ बर्षिया महिलालाई गएको साउन २ गते राती १० बजेको समयमा शौचालय जान घर बाहिर निस्केको मौका छोपेर जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दर्ता भएको थियो । सोही उजुरीको आधारमा अभियुक्त अधिकारीलाई कार्तिक १९ गते आइतबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त अधिकारीविरुद्ध जिल्ला अदालत गोरखामा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।