पोखराबाट अवैध लागू औषध ब्राउनसुगरसहित तीन युवा पक्राउ परे

पोखराबाट अवैध लागू औषध ब्राउनसुगरसहित तीन युवा पक्राउ परे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० कार्तिक २०८०
  • 2.7K
    Shares

पोखराबाट अवैध लागू औषध ब्राउनसुगरसहित तीन युवा पक्राउ

पोखराबाट अवैध लागू औषध ब्राउनसुगरसहित तीन युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नम्बर २१ कश्यारघाटबाट आइतबार साँझ करीब पांच १२ ग्राम ४० मिलिग्राम अवैध लागू औषध ब्राउनसुगरसहित तीन युवा पक्राउ परेका हुन्।

पोखरा १७ दोभिल्ला बस्ने वर्ष २१ को कौशल पुन मगर, वडा नं.१३ बाँझपाटन बस्ने वर्ष २१ को प्रशान्त गुरुङ र वडा नम्बर २१ कस्यार बस्ने बर्ष २१ को अनिस सुनारलाई अवैध लागू औषध ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार