पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट छ जना जुवाडे पक्राउ परेका छन। मानवअधिकार चोकमा यमबहादुर गुरुङले सञ्चालन गरेको किराना पसलमा जुवातास खेलिरहेका छ जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा पोखरा १५ रामबजारका ३२ वर्षीय यमबहादुर गुरुङ, पोखरा १० फूलबारीका ३६ वर्षीय भोजबहादुर गुरुङ, राबजारकै गुमान गुरुङ छन् । यस्तै, पोखरा १ बगरका ४८ वर्षीय ज्योतिन्द्र विक, पोखरा १५ फलेपाटनका ५० वर्षीय बमबहादुर पुन र पोखरा १७ घारिपाटनकी ४० वर्षीय शान्ति गुरुङलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ४६ हजार नौसय ७५ रुपैयाँ बरामद भएको छ । सबैलाई सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रबक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।