पोखरामा एउटा मोबाइल चोरी गर्ने एक युवा जेल चलान भएका छन्। जरिवानाको रकम तिर्न नसकेपछि कास्कीको अन्नपुर्ण गाउपालिका -०७ घर भइ पोखरा महानगरपालिका -०९ बस्ने २३ वर्षीय दिपेश श्रेष्ठ जेल चलान भएका हुन् ।
प्राप्त विवरण अनुसार, पोखराको नयाँबजारस्थित एक मोबाइल पसलबाट रेडमीको एक थान मोबाइल चोरी गरेको आरोपमा गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीले उक्त चोरी सम्बन्धि मुद्दामा प्रहरीले आबश्यक अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालयमार्फत शुक्रबार जिल्ला अदालत कास्कीमा पेश हुँदा अदालतले अभियुक्त श्रेष्ठलाई एक हजार सातसय २० रुपैंयाँ बिगो, दुई हजार रुपैंयाँ जरिवाना र २२ दिन कैद गर्ने फैसला गरेको छ ।
अनुसन्धानको क्रममा प्रहरी हिरासतमा २२ दिन बसेको समय कट्टा भएपनि जरिवाना बापतको रकम दाखिला गर्न नसक्दा उनी जेल चलान भएका हुन् । अदालतले जरिवाना रकम दुई हजारको दिनको तीन सयका दरले कट्टा हुने गरी थप ७ दिन थुनामा राख्न आदेश दिएको हो ।