आज एकाबिहानै गुल्मीको शान्तिपुरस्थित झोलुङ्गेपुल मुनि खोलामा १५ वर्षीया एक किशोरीको शब नग्न अवस्थामा भेटिएको छ। चन्द्रकोट गाउँपालिका ४ श्रीलंकाटोल घर भई उदय मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षीय मनिषा चुँदाली बिद्यालय अगाडिको झोलोङ्गे पुल तल नग्न अवस्थामा मृत भेटिएको हो।
चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीका अनुसार बिहिबार दिउँसो करिव २ बजेसम्म खेतमा काम गरेकी र त्यसपछि खेतालालाई सुर्ती लिन भनेर बजार गएकी चुँदाली त्यस यता बेपत्ता रहेकी थिइन्। तर आज बिहान गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले जानकारी दिए। किशोरीको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको छ । घटनाबारे थप जानकारी आएपछि विवरण उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।