नृत्य प्रशिक्षण केन्द्रमा जुवातास खेलिरहेका इकु इकु लगायत नौजना कलाकार पक्राउ

नृत्य प्रशिक्षण केन्द्रमा जुवातास खेलिरहेका इकु इकु लगायत नौजना कलाकार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ कार्तिक २०८०
  • 2.2K
    Shares

कलाकारले संचालन गरेको नृत्य प्रशिक्षण केन्द्रमा जुवातास खेलिरहेका नौ जना कलाकार पक्राउ परेका छन्। काठमाडौंको मैतीदेवीमा अभिनेता गजित विष्टले संचालन गरेको डान्स फिभर नामक डान्स ट्रेनिङ सेन्टरमा शनिबार राति जुवातास खेलिरहेको अवस्थामा नौ जना कलाकार पक्राउ परेका हुन्।

प्रहरीको सिंहदरबार वृत्तबाट खटिएको प्रहरी टोलीले उक्त नृत्य प्रशिक्षण केन्द्रमा छापा मार्दा जुवातास खेलिरहेका जुवा खेलिरहेको अवस्था प्रहरीले नृत्य निर्देशक तथा कलाकार गजित बिष्ट, कलाकार शंकर आचार्य, कलाकार इकु सुलेमान (सुलेमान शंकर), नरेन्द्र बिष्ट, रोशन सिंह, गायक चक्र बम, साहिन मगर, सुरेन्द्र पाल र घनश्याम अधिकारीसहितलाई प्रकाउ गरेको थियो ।

लगायत नौ जनालाई पक्राउ समाचार स्रोतहरुले जानकारी दिएका छन्। उनीहरुको साथबाट नगद एक लाख ९० हजार नौ सय २० रूपैयाँ र एक बुक तास बरामद भएको प्राप्त समाचारमा जनाइएको छ।

उनीहरुबिरुद्ध जिल्ला अदालतमा जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी आबश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । उनीहरुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार