भैंसीसँग मोटरसाइकल ठोकिँदा पर्सामा मोटरसाइकल चालकको मृत्यु भएको छ। पर्साको जगरनाथपुर गाउँपालिका-४ हरपुर टोलस्थित सडकमा छाडा छोडिएको भैंसीसँग बीआर ३० वाई ६०३० नम्बरको भारतीय मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक पर्साकै जिराभवानी गाउँपालिका-५ का धनेस महतोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनले चलाएको उक्त मोटरसाइकल भैंसीसंग ठोक्किंदा मोटरसाइकलको पछाडी बसेकी उनकी श्रीमती संगीता देबी समेत घाइते भएको बताइएको छ।
उक्त दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागी वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि महतोलाई बाराको नौतनस्थित एसएल न्युरो अस्पतालमा रिफर गरिएकोमा उपचारकै क्रममा उनको त्यहीं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।