नेपाली मात्रको महान चाड दशैं, खुशियालीमा तपाईं हतार-हतारमा मासु खाइ रहनु भएको त छैन। नआत्तिकन ढुक्कले मासु खानुस है, नत्र दुर्घटनामा पर्न सक्नुहुन्छ नि
दैलेखको गाउँपालिका-६ माथिल्लो नाउलीका ४५ वर्षीय दलबहादुर विकको आइतबार घाँटीमा मासु अड्किँदा मृत्यु भएको छ ।
आफ्नै घरमा पकाएको मासु खाँदै गर्दा उनको घाँटीमा मासु अड्केको व वडा अध्यक्ष लालबहादुर चन्दले
बताए । उनले भने,’दलबहादुर दिर्घ रोगी थिए । दलबहादुरको मुुटु र किड्नीमा समस्या थियो ।
डाक्टरको सल्लाह अनुसार उनले मदिरा सेवन गर्न ७ महिनासम्म छोडेका थिए । डाक्टर मदिरा सेवन नगर्न सल्लाह दिए पनि उनले दशैंको अवसरमा बारम्बार मदिरा सेवन गर्नाले पनि यो घटना घट्न गएको हो ।’