अबैध लागू औषध एमफेटामाईन (आईस)सहित पोखराबाट बसका चालकसहित चार जना यातायात मजदुर पक्राउ परेका छन्। पोखराबाट भैरहवा छुट्न लागेको प्रदेश १–०१००१ ख ३४३९ नम्बरको बसमा लुकाइछिपाई लैजान लागिएको अबैध लागू औषध एमफेटामाईन (आईस)सहित उक्त बसका चालकसहित चार जना यातायात मजदुर पोखराबाट पक्राउ परेका हुन्।
प्रदेश १–०१००१ ख ३४३९ नम्बरको बसका चालक गोरखा शहीद लखन गाउँपालिका– ३ स्थायी घर भई हाल पोखरा १५ रामबहार बस्ने वर्ष ३५ का हिरा बहादुर नेपाली, सह–चालकत्रय स्याङ्जा पुतली बजार नगरपालिका– ५ नयाँबजार बस्ने वर्ष ३८ का विशाल कार्की, स्याङ्जा अर्जुन चौपारी गाउँपालिका– ३ बस्ने वर्ष ४५ का टिकाराम पौडेल, म्याग्दी अन्नपूर्ण गाउँपालिका– १ स्थायी घर भई हाल पोखरा ९ पृथ्वीचोक बस्ने वर्ष ३७ का दिपक परियारलाई अबैध लागू औषध एमफेटामाईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सोमबार पृथ्वीचोकस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा पोखराबाट भैरहवा छुट्न लागेको प्रदेश १–०१००१ ख ३४३९ नम्बरको बस चेकजांच गर्दा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई छिपाई राखेको अवस्थामा उनीहरु ३७.५० ग्राम लागू औषध एमफेटामाईनसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी श्रवणकुमार बिकले जानकारी दिए।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट अनुमति लिई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको छ ।
लागू औषध सहित ४ जना मानिस पक्राउ
मिति २०८०।०६।२९ गते जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक स्थित सवारी साधन चेकजाँच गर्दा पोखराबाट भैरहवा छुट्न लागेको प्रदेश १-०१००१ ख ३४३९ नम्बरको बसमा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई छिपाई राखेको लागू औषध एमफेटामाईन (आईस) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा ३७.५० ग्राम लागू औषध फेला पारेको हुँदा निम्न स्थान बस्ने निम्न बस चालक र सहचालकहरूलाई उक्त बस सहित नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट अनुमति लिई लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
निम्न :-
१. चालक जिल्ला गोरखा शहीद लखन गा.पा. वडा नं. ३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१५ रामबहार वस्ने वर्ष ३५ का हिरा बहादुर नेपाली,
२. सह-चालक जिल्ला स्याङ्जा पुतली बजार न.पा. वडा नं. ५ नयाँबजार बस्ने वर्ष ३८ का विशाल कार्की,
३. सह-चालक जिल्ला स्याङ्जा अर्जुन चौपारी गा.पा. वडा नं. ३ बस्ने वर्ष ४५ का टिकाराम पौडेल,
४. सह-चालक जिल्ला म्याग्दी अन्नपूर्ण गा.पा. वडा नं. १ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.९ पृथ्वीचोक बस्ने वर्ष ३७ का दिपक परियार ।