होटेल सत्कारमा सिरकले छोपेको अवस्थामा महिलाको शव भेटियो

होटेल सत्कारमा सिरकले छोपेको अवस्थामा महिलाको शव भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० असोज २०८०
  • 4.8K
    Shares

मृत महिला, dead woman

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटस्थित खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत भेटिएकी छिन। होटेलको कोठा नम्बर १ मा मृत भेटिएकी ती महिलाको पहिचान भने खुलेको छैन ।

प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका विकास केसीको नामबाट गत आइतबार होटेलको कोठा बुक भएको देखिन्छ । सिरकले शव छोपेको अवस्थामा महिलाको शव रहेको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली आउने भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिमप्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली आउन लागेको हो । कुकुरसहितको टोली आउन लागेकोले शव नचलाइएको र होटेलमै सुरक्षा दिइरहेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार