मोटरसाइकल रुखमा ठोक्किंदा धनगढीमा एक युवाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित एक रुखमा मोटरसाइकल ठोक्किंदा युवाको मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल रुखमा ठोक्किंदा धनगढी –५ तारानगरका श्याम बिनाडीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बिनाडी उक्त मोटरसाइकलमा सवार रहेको बताइएको छ।