धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो

धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० बैशाख २०८०
  • 4.4K
    Shares

धवलागिरि हिमाल

धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ। पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव शनिबार घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ ल्याइएको।

उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिए। ‘गत असोज २० गतेदेखि बेपत्ता लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको छ,’ उनले भने, ‘नेपाली सेनाको हेलिकोप्टरले लामाको शव आजै काठमाडौँ लगेको छ।’

शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन्। काठमाडौँको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार