भेरी मौरीको टोकाईबाट दाङमा दुई जना घाइते

भेरी मौरीको टोकाईबाट दाङमा दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ४ चैत्र २०७९
  • 4.2K
    Shares

दाङमा भेरी मौरीको टोकाईबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका वडा नं. ७ चरकमटिया निवासी ६० वर्षीया पार्वती थापा र उनकी नातिनी ४ वर्षीया रसिया थापा रहेका छन् । उनीहरुलाई शुक्रबार दिउँसो साढे ५ बजेको समयमा जंगलमा गाई चराउन गएको समयमा भेरी मौलीले टोकेको थियो ।

घाइतेहरुको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइतेहरुको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार