युवासंघका रुपन्देही जिल्ला सदस्य दिपेशराज नेपालको घरमा आक्रमण : ६० वर्षीय बुबाको मृत्यु, दुई भाइ घाइते

युवासंघका रुपन्देही जिल्ला सदस्य दिपेशराज नेपालको घरमा आक्रमण : ६० वर्षीय बुबाको मृत्यु, दुई भाइ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २३ पुष २०७९
  • 5.7K
    Shares

यमबहादुर नेपाल

नेकपा एमाले निकट युवासंघका रुपन्देही जिल्ला सदस्य तथा अनेरास्ववियु बुटवल उपमहानगर कमिटी उपाध्यक्ष दिपेशराज नेपालको घरमा शुक्रबार साँझ युवाहारुको एउटा समुहले आक्रमण गर्दा उनका बुबाको मृत्यु भएको छ भने उनको परिवारका अन्य दुई जना घाइते भएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं १३ नागरिकटोल बेलवास झोलुङ्गे पुल नजिक रहेको नेपालको घरमा शुक्रबार साँझ ६ बजे स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली,अनिल पराजुली,खेम पाण्डे,गायत्री पराजुली लगायतले कुटपिट गर्दा नेता दिपेश्राजका बुबा ५५ वर्षिय यमप्रसाद नेपालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । उनको घर नजिकै रहेको एडमनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्थानीयले जनाएका छन् । डीएसपी थापाका अनुसार कुटपिटको प्रतिकार गर्दा यमप्रसादका दुई छोराहरु दीपेश र दिवस घाइते भएका छन् ।

डिएसपी थापाले घटनामा संलग्न रहेको आशंकामा ४ जनालाई नियन्त्रणमा लिइएको बताए । एमाले सम्बद्ध नेतृत्वहरुले आक्रमणकारी तथा हत्यारालाई तुरुन्त कार्वाहीको माग गरेका छन् ।

एमाले जिल्ला सदस्य नकुल शाहीले अराजक समूहले युवासंघका नेता दिपेशराज नेपालको घरमा आक्रमण गरी बुवा यमप्रसाद नेपालको हत्या गरेको बताउँदै अपराधीलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार