कर्णाली राजमार्गमा पाउरोटी बोक्ने अटो दुर्घटनाग्रस्त : दुई जनाको मृत्यु

कर्णाली राजमार्गमा पाउरोटी बोक्ने अटो दुर्घटनाग्रस्त : दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ पुष २०७९
  • 6.2K
    Shares

पाउरोटी ओसार पसार गर्दै आएको अटो कर्णाली राजमार्ग अन्तरगत जुम्लाको तिला–३ त्रिवेणीमा दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट नाग्म जाँदै गरेको क १ स ११ नम्बरको अटो राजमार्गबाट १५ मिटर तल तिला नदीको छेउमा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर बुढामगरले जानकारी दिए।

उक्त दुर्घटनामा परेर जुम्ला तातोपानी १ निवासी २९ वर्षीय पुरन सार्कीको घटनास्थलमै र तिला ३ थापा गाउँका २० वर्षीय आकाश थापाको अस्पतालमा उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरी निरीक्षक बुढामगरले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार