पाँचथरमा गएराती आगलागी : छोरी र बुहारीको मृत्यु, घरधनी र छोरा घाइते

पाँचथरमा गएराती आगलागी : छोरी र बुहारीको मृत्यु, घरधनी र छोरा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० पुष २०७९
  • 8.9K
    Shares

janasanchar ,आशिष पेट्रोल पम्पमा आगलागी,

पाँचथरमा गएराती आगलागी हुँदा छोरी र बुहारीको मृत्यु भएको छ भने घरधनि र छोरा घाइते भएका छन्।

पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा छोरी र बुहारीको मृत्यु भएको छ भने घरधनि र उनका छोरा घाइते भएका छन्।

प्रहरीका अनुसार, आगलागीमा परेर घरधनी मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ)को मृत्यु भएको छ भने घरधनी ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा विजेन्द्र गुरुङ घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको अवस्था सामान्य छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो घरमा सात जना सुतेका थिए । जसमध्ये तीन जनाले भागेर ज्यान बचाउन सफल भएका छन् । खतिवडाका अनुसार आगलागीबाट घर पूर्ण क्षति भएको छ भने आगलागीको कारण खुलेको छैन । आगलागी रातको १:३० बजे सुरु भएको थियो । स्थानीयसँगै प्रहरी चौकी तमाखेबाट खटेको टोलीले आगो नियन्त्रणको प्रयास गरेपनि निभाउन सम्भव नभएको बताईएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डिएसपी खतिवडा नेतृत्वको टोली सहित दमकल समेत पुगेको थियो । घटनामा ५० लाख रुपैंयाभन्दा बढीको आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार