एनआइसी एसिया बैंकको एटिएम फोड्दा-फोड्दै आइतबार राती प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ। काठमाण्डौको चन्द्रागिरी नगरपालिका-७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दा-फोड्दै पक्राउ गरेको हो।
अभियुक्त मगरले चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।